Friday, August 28, 2015

डक्टर केसीले कल्पना गरेको नेपाल यस्तो छ

SURAJ SHA's post for MAsN 

नेपालमा अहिलेसम्म जेलाई मेडिकल शिक्षा भनिएको छ, त्यसको उल्लेख्य हिस्सा मेडिकल शिक्षा नै हैन, नियामक निकायसँग मिलेर धनाढ्यहरुले गर्ने एक किसिमको दलाली हो । त्यो दलालीले मानिसहरुको स्वास्थ्य र ज्यान मात्र लिएको छैन, अनगिन्ती मानिसहरुको अनावश्यक रुपमा घरखेत उडाइदिएको छ । यसलाई भत्काएर सही अर्थको मेडिकल शिक्षा सिर्जना गर्नुको विकल्प छैन । माथेमा प्रतिवेदनले पुरानोलाई सजसाज गर्ने हैन कि त्यसलाई ध्वंश गरेर त्यसको jagma नयाँ सिर्जना गर्ने परिकल्पना गरेको छ l
खास गरी आम रुपमा सिट संख्या १०० बाट १५० पुर्याइएपछि मेडिकल कलेजहरुको आम्दानी जुन रफ्तारमा बढिरहेको छ शिक्षाको गुणस्तर त्यही रुपमा ओरालो लागिरहेको छ । १५० जना अट्ने एउटा लेक्चर हल बनाएर माइकको व्यवस्था गर्नुलाई त्यो संख्याका लागि सम्पूर्ण पूर्वाधार पुगेको अर्थमा लिने परम्परा बनिसकेको छ । 

डक्टर केसीले कल्पना गरेको नेपाल यस्तो छ:
१) डक्टर – नर्स दक्ष बन्छन्, ज्यानमारा होइन
२) अोखती सस्तो सुलभ र सही खान पाइन्छ, महंगो होइन
३) स्वास्थ्य सेवा बेलामा पाइन्छ, अबेला होइन
४) अस्पतालमा जँचाउ जँचाउ लाग्छ, भागु भागु होइन।
५) सन्तानलाई डक्टर बनाउँदा ढाड सेकिन्न, मन हलुका हुन्छ।
६) सिटामोलमा कमिसन होइन, गुणस्तर खोज्ने चिकित्सक पाइन्छ।
७) बिरामी कुरुवा जानै नपर्ने पनि दिन आउँछ।
८) स्वास्थ्य खर्च चरम होइन, नरम बन्छ।
९) चिकित्सकलाई सराप होइन, पहिले जस्तै सलाम ठोक्छन्।
१०) स्वास्थ्य क्षेत्रमा दाम कमाउन (मात्र) होइन, नाम कमाउन पनि लाग्छन्।